बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सागर डिस्टिलरीको खुद नाफामा गिरावट, प्रतिसेयर नेटवर्थ १ सय २७ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३० २०८३
सागर डिस्टिलरीको खुद नाफामा गिरावट, प्रतिसेयर नेटवर्थ १ सय २७ रुपैयाँ

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १९ करोड ४० लाख रुपैयाँ पुगेको छ। जुन गत वर्षको सोही अवधिको १५ करोड ८८ लाख रुपैयाँको तुलनामा २२ प्रतिशतले बढी हो।

काठमाडौं- सागर डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १९ करोड ४० लाख रुपैयाँ पुगेको छ। जुन गत वर्षको सोही अवधिको १५ करोड ८८ लाख रुपैयाँको तुलनामा २२ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा भने ४ करोड ९ लाख रुपैयाँबाट बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ।  खर्चहरूमा भएको वृद्धिका कारण कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ५३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ७७ लाख ३० हजार रुपैयाँ घाटामा थियो।

कम्पनीको प्रतिसेयर आम्दानी ६.४९ रुपैयाँ ऋणात्मक देखिएको छ भने प्रतिसेयर नेटवर्थ १ सय २७ रुपैयाँ  ८ पैसा  कायम भएको छ। कम्पनीले आफ्नो बजार विस्तार र ब्रान्डिङमा गरेको लगानीका कारण व्यापारिक आम्दानी बढेको भए पनि बजारको उतारचढाव र सञ्चालन लागतका कारण नाफामा प्रभाव परेको उल्लेख गरेको छ। 

प्रकाशित : बुधबार, वैशाख ३० २०८३१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend