काठमाडौं- याम्बालिङ हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बाँडफाँट गरिएको हो।
कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य पर्ने कुल १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको थियो।
यस निष्कासनमा २९ लाख ८२ हजार ४९८ जना आवेदकबाट कुल ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन प्राप्त भएको थियो, जसमध्ये ४४ हजार ४१६ आवेदनहरू रद्द भए भने २९ लाख ३८ हजार ८२ वटा आवेदन मात्र स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट गरिएको बाँडफाँटमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही समयपछि सम्बन्धित आधिकारिक पोर्टलहरूमा हेर्न सकिने छ।
