काठमाडौं- स्नो रिभर्स लिमिटेडले आज वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ७८ हजार १२५ कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
