बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एकै महिनामा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

सोमबार, वैशाख २८ २०८३
एकै महिनामा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

काठमाडौं- गएको चैत महिनामा २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो। 

यसअघि अहिलेसम्मकै धेरै रेमिट्यान्स २०८२ असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो। 

डलरको मूल्यांकन बढेको तथा नेपालीहरूको आम्दानी पनि बढेकाले रेमिट्यान्समा उच्च वृद्धिदर देखिएको छ। चालु वर्षको ९ महिनामै रेमिट्यान्स ३५ प्रतिशतभन्दा बढीले बढेको छ। 

रेमिट्यान्स उच्च हुँदा आयात पनि सुस्त भएपछि चालु खाता ६ खर्ब १८ अर्ब शोधनान्तरस ७ खर्ब ३१ अर्बले बचतमा रहेको छ। 

चालु आवको ९ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भइ १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो। २०८२ चैत महिनामा विप्रेषण आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहकोमा अघिल्लो वर्षको चैतमा विप्रेषण आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भइ ११ अर्ब ५५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २,९४,१८६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,९३,२५९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,५८,२२२ र २,४९,६५२ रहेको थियो।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend