बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१८ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
१८ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति

रेमिट्यान्स उच्च हुँदा आयात पनि सुस्त भएपछि चालु खाता ६ खर्ब १८ अर्ब शोधनान्तरस ७ खर्ब ३१ अर्बले बचतमा रहेको छ।

काठमाडौं- कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड पुगेको छ। यस्तो सञ्चिति १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

यस्तै चालु आर्थिक वर्षको ९ महिनामै १६ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको प्रतिवेदन चैतमा मात्र २ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको हो। 

डलरको मूल्यांकन बढेको तथा नेपालीहरूको आम्दानी पनि बढेकाले रेमिट्यान्समा उच्च वृद्धिदर देखिएको छ। चालु वर्षको ९ महिनामै रेमिट्यान्स ३५ प्रतिशतभन्दा बढीले बढेको छ। 

रेमिट्यान्स उच्च हुँदा आयात पनि सुस्त भएपछि चालु खाता ६ खर्ब १८ अर्ब शोधनान्तरस ७ खर्ब ३१ अर्बले बचतमा रहेको छ। 

चैतमा मूल्यवृद्धि भने उकालो लागेको छ। राष्ट्र बैंकका अनुसार चैतमा ४.४७ प्रतिशतले मूल्यवृद्धि भएको छ।  


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend