बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको योजना, गैरआवासीय नेपाली र पेन्सन कोषलाई पनि समेट्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको योजना, गैरआवासीय नेपाली र पेन्सन कोषलाई पनि समेट्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको संरचनागत सुधार र लगानीको दायरा फराकिलो बनाउने घोषणा गरेका हुन्।

काठमाडौं- सरकारले आन्तरिक पुँजी बजारलाई थप सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विस्तार गर्ने लक्ष्य राखेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको संरचनागत सुधार र लगानीको दायरा फराकिलो बनाउने घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रममा धितोपत्र बजारको नियामक निकाय, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र क्लियरिङ प्रणालीको पूर्ण पुनर्संरचना गर्ने योजना अघि सारेको छ। बजारमा संस्थागत लगानीकर्ताहरूको उपस्थिति बढाउन पेन्सन कोष, बीमा कम्पनी र म्युचुअल फण्डहरूलाई थप सक्रिय बनाइने जनाइएको छ। 

गैरआवासीय नेपालीहरूलाई समेत औपचारिक रूपमा पुँजी बजारमा सहभागी गराउने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ।दीर्घकालीन पुँजी निर्माणका लागि ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र विभिन्न जोखिम व्यवस्थापनका उपकरणहरू विकास गरिने बताइएको छ। 

ठूला पूर्वाधार निर्माणका लागि आवश्यक वित्त जुटाउन परम्परागत शैलीभन्दा बाहिर गएर वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गर्ने नयाँ मोडल कार्यान्वयनमा ल्याइने सरकारले लक्ष्य राखेको छ।

प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend