बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्से परिसूचक ३८ अंकले बढ्यो, ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
नेप्से परिसूचक ३८ अंकले बढ्यो, ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार

काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८.१९ अंकले बढेर २७८३.८५ मा पुगेको छ।अघिल्लो कारोबारमा नेप्से २७.४९ अंकले बढेर २७४५.७९ मा पुगेर बन्द भएको थियो।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८.१९ अंकले बढेर २७८३.८५ मा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २७.४९ अंकले बढेर २७४५.७९ मा पुगेर बन्द भएको थियो। 

आजको कारोबारमा ३ सय ३२ कम्पनीको १ करोड ४ लाख ३९ हजार ४ सय ३२ कित्ता सेयर ६८ हजार ४ सय ४४ पटक किनबेच हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६ सय ३५ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर साढे १४.१९ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा सबै उपसमूहको परिसूचक बढेको छ ।आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.११ प्रतिशत बढेको छ। 

त्यस्तै बैंकिङ १.०२, विकास बैंक १.३६, फाइनान्स १.८१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.७९, लगानी १.२५, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स १.७०, निर्जीवन बीमा १.६० तथा व्यापार १.१५ प्रतिशत बढेकाे छ।

 


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend