बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईजीआई प्रुडेन्सियलको नाफा ९९ प्रतिशतले घट्यो, खुद बीमाशुल्क आर्जन १ अर्ब ४ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २७ २०८३
आईजीआई प्रुडेन्सियलको नाफा ९९ प्रतिशतले घट्यो, खुद बीमाशुल्क आर्जन १ अर्ब ४ करोड रुपैयाँ

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ९९.८३ प्रतिशतको भारी गिरावट आएको देखाएको छ। समीक्षा अवधिसम्म कम्पनीले मात्र ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको थियो।

काठमाडौं- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ९९.८३ प्रतिशतको भारी गिरावट आएको देखाएको छ। समीक्षा अवधिसम्म कम्पनीले मात्र ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको थियो।

जेनजी आन्दोलन र प्राकृतिक प्रकोपका कारण सिर्जित ठूलो मात्राको दाबी भुक्तानीका कारण कम्पनीको नाफामा तीव्र दबाब परेको हो।

नाफामा संकुचन आए पनि कम्पनीको मुख्य व्यवसाय र बीमा कोषमा भने सकारात्मक सुधार देखिएको छ। कम्पनीको बीमा कोष गत वर्षको तुलनामा ७५.७० प्रतिशतले वृद्धि भएर ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

यसैगरी खुद बीमाशुल्क आर्जन पनि १२.१४ प्रतिशतले बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ पुगेको छ, जसले बजारमा कम्पनीको पहुँच विस्तार भइरहेको संकेत गर्दछ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २.९८ प्रतिशतको सामान्य वृद्धि हो।

वित्तीय विवरण अनुसार कम्पनीको खर्चको आकारमा भने उल्लेख्य वृद्धि भएको देखिन्छ। अभिकर्ता कमिसन ८२.०७ प्रतिशतले बढेर ७ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १ अर्ब ५७ करोड २७ लाख रुपैयाँ रहेको छ। नाफामा आएको गिरावसँगै प्रतिसेयर आम्दानीमा पनि ठूलो असर परेको छ। गत वर्ष ११ रुपैयाँ ६७ पैसा रहेको प्रतिसेयर आम्दानी घटेर अहिले २ पैसामा झरेको छ। 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ८२ रुपैयाँ ७२ पैसा कायम रहेको छ।

प्रकाशित : आइतबार, वैशाख २७ २०८३१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend