बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पियोर इनर्जीको खुद नाफामा ५५ प्रतिशतको सुधार, कुल खर्च १६ करोड ५१ लाख रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २७ २०८३
पियोर इनर्जीको खुद नाफामा ५५ प्रतिशतको सुधार, कुल खर्च १६ करोड ५१ लाख रुपैयाँ

काठमाडौं- पियोर इनर्जी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्मुपनीको नाफामा उल्लेख्य सुधार आएको छ।

काठमाडौं- पियोर इनर्जी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्मुपनीको नाफामा उल्लेख्य सुधार आएको छ। 

प्रतिवेदन अनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको ७५ लाख ५६ हजार रुपैयाँको तुलनामा ५५ प्रतिशतले बढी हो। 

कम्पनीको विद्युत बिक्रीबाट हुने सञ्चालन आम्दानी १८ करोड ७९ लाखबाट सामान्य घटेर १७ करोड ७० लाख रुपैयाँमा झरे पनि वित्तीय खर्चमा आएको गिरावटका कारण नाफा बढ्न पुगेको देखिन्छ।

कम्पनीको पुँजीगत आधार र सञ्चितिको अवस्थामा पनि सकारात्मक परिवर्तन देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष सुधारिएर अहिले १ करोड ५५ लाख रुपैयाँ सञ्चितिको अवस्थामा पुगेको छ। जसले कम्पनी बिस्तारै पुरानो घाटाबाट मुक्त हुँदै गएको संकेत गरेको छ। 

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने स्थिर सम्पत्तिको मूल्य २ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ। जसमा मेसिनरी तथा उपकरणको हिस्सा मात्रै २ अर्ब २ करोड रुपैयाँ बराबर रहेको छ।

वित्तीय दायित्व तर्फ कम्पनीको दीर्घकालीन ऋण १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने कुल खर्च १६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। कुल खर्चमध्ये ५ करोड ९४ लाख रुपैयाँ बैंकको ब्याज लगायतका वित्तीय खर्चमा खर्च भएको देखिन्छ। 

सञ्चालन आम्दानीमा केही संकुचन आए पनि खर्च व्यवस्थापन र ऋणको ब्याजमा भएको बचतले कम्पनीलाई नाफाको उच्च दर कायम राख्न मद्दत पुर्‍याएको वित्तीय विवरणले स्पष्ट पारेको छ।


प्रकाशित : आइतबार, वैशाख २७ २०८३११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend