काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा २६ करोड १४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो।गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको व्यवसायिक वृद्धिदर भने सकारात्मक देखिएको छ। यस अवधिमा कम्पनीले १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको हो।
गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको थियो। हाल कम्पनीको कुल सम्पत्ति ९९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ।
वित्तीय सूचकहरूका अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा कायम भएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १ सय ४५ पैसा र मूल्य आम्दानी अनुपात ९४.७१ गुणा रहेको छ। समीक्षा अवधिमा कम्पनीले १४ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने अभिकर्ता कमिसनमा १ अर्ब ४ करोड ३० लाख रुपैयाँ खर्च भएको छ।
बजार कारोबारको हिसाबले यस त्रैमासमा कम्पनीको सेयर अधिकतम ४ सय १२ रुपैयाँ ९० पैसा र न्यूनतम ३ सय ४३ रुपैयाँ २० पैसामा कारोबार भएको थियो। त्रैमासको अन्त्यमा कम्पनीको सेयर मूल्य ३ सय ६१ रुपैयाँ १० पैसा कायम भएको छ।
