बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ३ अर्ब २७ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २५ २०८३
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ३ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाडाैं- साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा पुगेको छ।

काठमाडाैं- साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ६.६४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेर बन्द भएको थियो।

कारोबारमा ३ सय ३५ कम्पनीको ७४ लाख ६२ हजार ६३ कित्ता सेयर ५२ हजार ८ सय ६६ पटक किनबेच हुँदा ३ अर्ब २७ करोड ७५ लाख ९ हजार ३ सय ३४ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ।कारोबार रकमका आधारमा सबैभन्दा धेरै होटल फरेष्ट इन कम्पनीको १३ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहमध्ये परिसूचक स्थिर छ। आज वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८७ प्रतिशत बढेको छ।

बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५,  होटल तथा पर्यटन १ दशमलव ४८, जलविद्युत् १ दशमलव ७१, लगानी १ दशमलव १०, जीवन बीमा शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४० प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त समूह शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा समूह १ दशमलव ५२ र अन्य समूह १ दशमलव १३ प्रतिशतले बढेको नेप्से जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend