बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सहभागी नभएको युद्धको मार खेप्दै मुलुकहरू, नेपालले कसरी भोग्दैछ बहुआयामिक असर?

सोमबार, चैत २ २०८२
सहभागी नभएको युद्धको मार खेप्दै मुलुकहरू, नेपालले कसरी भोग्दैछ बहुआयामिक असर?

यो युद्धका कारणले एकातिर नेपालीहरू अुरक्षित महसुस गरेका छन् भने युद्ध लम्बिएको अवस्थामा धेरै नेपाली स्वदेश फर्किनुपर्ने बाध्यता हुनसक्छ। यसले गर्दा नेपाल दीर्घकालीनरुपमै प्रभावित हुनसक्ने देखिन्छ।

काठमाडौं- अमेरिका र इजरालय मिलेर इरानमाथि आक्रमण गरेपछि सुरू भएको पश्चिम एसियाको युद्ध र अशान्तिको मार सयौँ मुलुकले भोगिरहेका छन्। युद्धमा कुनै पनि हिस्सेदारी नभएका मुलुक पनि यसको खराब प्रभावबाट ग्रसित छन्। 

संसारभर ऊर्जा महँगिएको छ, आपूर्ति श्रृंखला प्रभावित भएको छ। यसले गर्दा सर्वसाधारणको भान्सासम्मै प्रभाव पारेको छ। महँगीका कारणले उत्पादन श्रृंखला प्रभावित भएको छ भने रोजगारीदेखि सार्वजनिक जीवन प्रभावित हुन थालेको छ। 

युद्धका कारणले नेपालले पनि बहुआयामिक असर भोग्न थालिसकेको छ। नेपलाको भान्सासम्मै यसको असर देखिएको छ।

पेट्रोलियम पदार्थको ढुवानी हुने स्ट्रेट अफ होर्मुजमा इरानले अवरोध गरेपछि भारतमा आउने इन्धन प्रभावित भएको छ। त्यस्तै अशान्तिका कारणले बीमा प्रिमियत बढ्दा लागत पनि बढेको छ। इन्धनको मूल्य बढ्दा महँगी बढेको छ। 

यसको पहिलो असर खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ। भारतले मागको अधिक हिस्सा होर्मजु हुँदै ल्याउने गरेको थियो। ३० देखि ४० प्रतिशत ग्यास सोही मार्गबाट ल्याउँदै आएको थियो। त्यही मार्ग अवरोध हुँदा भारतमै ग्यासको अभाव भएको छ। भारतमा अभाव हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ। 

नेपालमा गत सातादेखि नै आधा सिलिन्डर ग्यास वितरण गर्न थालिएको छ। आधा सिलिन्डरकै लागि लाइन लागेर पनि नपाउने अवस्था छ।

त्यस्तै अर्को मार भनेको मूल्य हो। नेपाल आयल निगमले आइतबारमात्र पेट्रोल लिटरमा १५ रुपैयाँले बढाएको छ। डिजेलमा पनि मूल्य वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि हुँदा त्यसको असर नेपालमा पनि देखिएको छ। इन्धनको मूल्यवृद्धि केवल इन्धनमा मात्र सीमित हुँदैन। उत्पादनदेखि ढुवानीसम्म इन्धनको भूमिका हुने भएकाले यसले जनजीवनलाई मूल्यवृद्धिको पासोमा पार्छ। 

अर्कोतिर नेपालले भोगिरहेको जीविकाको सवाल हो। नेपालीहरू वैदेशिक रोजागारीका लागि जहाँ धेरै गएका छन् त्यहीँ मिसाइल खसिरहेका छन्। यूएई, साउदी अरेबिया र कतारजस्ता मुलुक अमेरिकी साझेदार भएका कारणले इरानले त्यहीँ मिसाइल तथा ड्रोनबाट आक्रमण गरिरहेको छ। 

यो युद्धका कारणले एकातिर नेपालीहरू अुरक्षित महसुस गरेका छन् भने युद्ध लम्बिएको अवस्थामा धेरै नेपाली स्वदेश फर्किनुपर्ने बाध्यता हुनसक्छ। यसले गर्दा नेपाल दीर्घकालीनरुपमै प्रभावित हुनसक्ने देखिन्छ। यो युद्ध जति लम्बिन्छ उति नै यसको प्रभाव गहिरो हुँदै जाने छ। 


प्रकाशित : सोमबार, चैत २ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend