बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २७ २०८२
रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन

उत्पादित महको बजारीकरणमा समस्या छैन। घरघरबाटै मह बिक्री हुने गरेको छ। मौरी पालनसँगै गाउँपालिकाभित्र करिब ७ सय जना स्वरोजगार बनेका छन्।

गण्डकी- कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ।

कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो।

तीन वर्ष अघि मौरीपालनका लागि नमूना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

गाउँपालिकाभित्रका कृषककका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उनले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको जानकारी दिए।

उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उनले घरघरबाटै मह बिक्री हुने गरेको बताए। मौरी पालनसँगै गाउँपालिकाभित्र करिब ७०० जना स्वरोजगार बनेको उनको भनाइ छ। 

विशेषतः मौरीपालनमा रुपा १ देउपुर बेसी, रुपा २ को सिर्कुतान, वडा नं ३ को छापपाखा, वडा नं ४ को माउ डाँडा, रुपा ५ को देउराली/देउराली फेदी, रुपा ६ को भिरचोक/खोलाको छेउ र रुपा ७ को काउरे/हंशपुर/माझठानालगायतका स्थानमा मौरीपालनतर्फको आकर्षण बढीरहेको छ। रासस


प्रकाशित : बुधबार, फागुन २७ २०८२१६:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend