बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोखरामा ६ टन बढी मकैको बीउ अनुदानमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २६ २०८२
पोखरामा ६ टन बढी मकैको बीउ अनुदानमा

किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण-२ जातको बीउ तीन हजार १०० किलो र मनकामना-३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ।

गण्डकी- पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ।

महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण-२ जातको बीउ तीन हजार १०० किलो र मनकामना-३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ। प्रतिकिलो ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो।

अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए। महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए। रासस


प्रकाशित : मंगलबार, फागुन २६ २०८२१७:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend