बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वर्षौँदेखि सत्तामा रहेका दलहरूले नबुझेको कृषि रोजगारी

शुक्रबार, फागुन ८ २०८२
वर्षौँदेखि सत्तामा रहेका दलहरूले नबुझेको कृषि रोजगारी

यस्तो अवस्थामा कृषि क्षेत्रमा भएकाहरुको आम्दानी बढाउने तर गैरकृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरेर  बाहिर निकाल्नुपर्ने आवश्यकता मुलुकसँग छ।

काठमाडौं- प्रमुख दलहरू कांग्रेस, एमाले, नेकपा, रास्वपाले घोषणापत्र ल्याइसकेका छन्। 

लामो समयदेखि सत्तामै रहेका प्रमुख दलहरूले उच्च आर्थिक, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकता दिएका छन्। नेपाली कांग्रेसबाहेक एमाले र नेकपाले भने कुनै पनि घोषणा कसरी कार्यान्वयन हुन्छ भनेर आधार प्रस्तुत गरेका छैनन्। 

यति लामो समय सत्तामै बस्दा पनि दलहरूले कृषि  क्षेत्र र त्यसबाट सिर्जना हुने रोजगारीको सम्भावनालाई अहिलेसम्म राम्रोसँग नबुझेको पाइएको छ। अहिलेसम्मको तथ्यांकले नेपालमा कृषिमा अधिक निर्भरता छ। 

अहिले पनि काम गर्ने सय जनामा ५७ जना अहिले पनि कृषि क्षेत्रमै काम गर्छन्। खेती किसानीमै पनि ४० जना सक्रिय रहेका छन्। यो क्षेत्रमा काम गर्नेहरू न्यून आम्दानीको चपेटामा परेका छन्।

यस्तो अवस्थामा कृषि क्षेत्रमा भएकाहरुको आम्दानी बढाउने तर गैरकृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरेर बाहिर निकाल्नुपर्ने आवश्यकता मुलुकसँग छ। 

दलहरूले भने अहिलेसम्म पनि कृषिको आधुनिकीकरण गरेर थप रोजगारी सिर्जना गर्ने लेख्दै आएका छन्। यदि कृषिमा थप रोजगारी सिर्जना गर्ने भनेको नेपालीलाई त्यही न्यून आयमा फसाउने भन्ने अर्थ जान्छ। 

थोरै मान्छेबाट धेरै उत्पादन भएपछि कृषको आम्दानीमा सुधार हुन्छ। यसरी सुधार भएपछि उनीहरू न्यून आयको पासोबाट माथि उठ्छन्। त्यसो गर्दा कृषिमा भएका थप मान्छेका लागि अरु रोजगारी आवश्यक हुन्छ। 

कृषिमा आधारित उद्योगधन्दाको विकासबाट थप रोजगारीको सिर्जना गर्छौं भन्नुपर्नेमा कृषिबाटै थप रोजगारी सिर्जना गर्ने दलहरूको घोषणा रहेको छ। 


प्रकाशित : शुक्रबार, फागुन ८ २०८२०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend