बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वाणिज्य बैंकहरूको नाफा ३० अर्ब ५९ करोड रुपैयाँ, नबिल बैंकले सर्वाधिक नाफा कमाउँदा अन्य बैंकको स्थिति कस्तो?

बिहीबार , माघ १५ २०८२
वाणिज्य बैंकहरूको नाफा ३० अर्ब ५९ करोड रुपैयाँ, नबिल बैंकले सर्वाधिक नाफा कमाउँदा अन्य बैंकको स्थिति कस्तो?

चालु आर्थिक वर्षको पुसमसान्तसम्म बैंकहरूको कुल खुद नाफा बढेर ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

काठमाडौं- वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकिङ क्षेत्रको समग्र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले वृद्धि भएको छ।

ब्याजदर घट्दो क्रममा रहँदा कर्जा विस्तार अपेक्षाअनुसार नबढे पनि इम्पेरमेन्ट चार्जमा आएको सुधार, सञ्चालन खर्चको व्यवस्थापन र गैर-ब्याज आम्दानीले बैंकिङ क्षेत्रको समग्र नाफा वृद्धि भएको देखिन्छ। यद्यपि केही बैंकमा नाफा दबाबमा रहनुले बैंकिङ क्षेत्रभित्र असमान सुधारको संकेत पनि गरेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा भने बैंकहरूको कुल खुद नाफा बढेर ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा वृद्धि भएको छ भने बाँकी बैंकहरूको नाफा घटेको वा नोक्सानीमा गएको देखिएको छ। बहुसंख्यक बैंकमा नाफा बढेसँगै समग्र बैंकिङ प्रणालीको नाफा साढे ११ प्रतिशतले उकासिएको हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नबिल बैंक लिमिटेडले सबैभन्दा बढी खुद नाफा कमाएको छ। बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो। त्यसपछि ग्लोबल आईएमई बैंकले ३ अर्ब २५ करोड रुपैयाँ, कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

पुस मसान्तसम्ममा लक्ष्मी सनराइज बैंक भने नोक्सानीमा छ। बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा ८८६.५० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष इम्पेरमेन्ट चार्ज उच्च हुँदा नाफा दबाबमा परेको यस बैंकमा चालु वर्ष सोही चार्ज घटेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा २७ करोड ५७ लाख रुपैयाँ रहेको कुमारी बैंकको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकको नाफा १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०४ प्रतिशतले वृद्धि भएको छ।

विपरीततर्फ सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफा समीक्षा अवधिमा सबैभन्दा बढी ४५.७८ प्रतिशतले घटेको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कृषि विकास बैंक, एनआइईसी एसिया बैंक लगायतका बैंकहरूको नाफा पनि घटेको छ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरूको खुद नाफा अवस्था

क्र.सं.

बैंक

पुस २०८२

पुस २०८१

परिवर्तन (प्रतिशत)

नबिल बैंक

४,७५,९६,४१,०००

३,२४,४२,७७,०००

४६.७१

ग्लोबल आईएमई बैंक

३,२५,२११,७०,०००

३,०५,३४,८९,०००

६.५०

कुमारी बैंक

२,७२,००,८५,०००

२,७,५७,३०,०००

८८६.५०

एभरेष्ट बैंक

२,११,७११,६०,०००

२,०७,४७,६३,०००

२.०४

प्राइम कमर्सियल बैंक

२,०४,३३,७८,०००

१,८६,९९,५०,०००

९.२७

राष्ट्रिय वाणिज्य बैंक

१,७७,०५०,६०,०००

७,६३,०३,३,०००

१३२.०४

एनएमबी बैंक

१,६४,८६,१३,०००

२,००,३५,४०,०००

-१७.७१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

१,६१,३०,३४,०००

२,८३,२३,२६,०००

-४३.०५

सानिमा बैंक

१,३९,१०,७५,०००

१,१९,२३,११,०००

१६.६७

१०

स्ट्याण्डर्ड चार्टर्ड बैंक

१,३७,३३,२४,०००

१,६४,०६,३०,०००

-१६.२९

११

सिद्धार्थ बैंक

१,३२,६६,५३,०००

५,३०,२२,९,०००

१५०.२०

१२

नेपाल बैंक

१,३०,४८,५२,०००

४,६१,०१७,०००

१८३.०४

१३

हिमालयन बैंक

१,२९,२६,८१,०००

१,५१,८७,७०,०००

-१४.८९

१४

नेपाल एसबीआई बैंक

१,०३,१३,४२,०००

९,००,२८,१,०००

१४.५६

१५

प्रभु बैंक

१,०१,४४,५७,०००

१,३३,६१,३८,०००

-२४.०८

१६

माछापुच्छ्रे बैंक

१,०१,११,७३,०००

८,०७,३२,७,०००

२५.२५

१७

कृषि विकास बैंक

७,०७,४२,६,०००

९,५७,५४,९,०००

-२६.१२

१८

सिटिजन्स बैंक इन्टरनेशनल

३,५८,८५,८,०००

६,६१,८२,८,०००

-४५.७८

१९

एनआईसी एसिया बैंक

१,३१,१९,१,०००

१,५१,७३,००,०००

-१३.५४

२०

लक्ष्मी सनराइज बैंक

-२,७३,६१,५,०००

११,६२,०७,६,०००

नोक्सानी

 

 

 


प्रकाशित : बिहीबार , माघ १५ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend