शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २२ २०७८
बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

काठमाडौं- बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ। मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो। 

बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले आज जनाएको छ।
 
कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गरेका थिए। अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गरेका थिए।

कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्द्धनात्मक सामग्री पनि प्रदान गरिएको थियो। रासस


प्रकाशित : आइतबार, फागुन २२ २०७८०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend