शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आगामी शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

मंगलबार, कात्तिक २५ २०८२
आगामी शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन्। यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन्।

काठमाडौं- विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लू वृिद्धले आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ। 

कात्तिक २९ देखि १ मंसिरसम्म चल्ने यस कार्यक्रमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक विद्युतीय सवारी साधनहरूको अनुभव गर्न पाउनेछन्। यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री ईभी ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन्।

कार्यक्रमले आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन्। साथै रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ। 

यस कार्यक्रममा भदौमा सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएका दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ।

स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन्। यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन्।

कार्यक्रमको अवसरमा एमएडब्लू वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ। जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन्।

यदि जो कोही इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै छन् वा केवल भविष्यको यातायात अनुभव गर्न चाहान्छन् भने विर्तामोडस्थित नयाँ दिपाल र नामी सोरुममा हुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प सहभागी हुने उपयुक्त अवसर भएको कम्पनीले जनाएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend