शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

'दराज ११.११' योजनाका लागि दराजसँग सानिमा बैंकको सहकार्य

सोमबार, कात्तिक २४ २०८२
'दराज ११.११' योजनाका लागि दराजसँग सानिमा बैंकको सहकार्य

यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागु हुनेछ।

काठमाडौं- सानिमा बैंकले 'दराज ११.११' योजनाका लागि दराजसँग सहकार्य गरेको छ। सानिमा बैंकका ग्राहकलाई छुट मिल्नेगरी दराजसँग सहकार्य भएको हो।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिनेछ। 

यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागु हुनेछ।


प्रकाशित : सोमबार, कात्तिक २४ २०८२१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend