इटहरी- डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच स्मार्ट इलेक्ट्रिक एसयूभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ।
डोंगफेंगको अत्याधुनिक क्वान्टम आर्किटेक्चर प्लाटफर्ममा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसका म्याजिक क्युब डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।
नामी भिगोमा रहेको ९९ किलोवाट मोटरले सहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: ४४. ९४ किलोवाट आवर (डब्लूएलटीपी रेन्ज ३०० किलोमिटर) र ५१.८७ किलोवाट आवर (डब्लूएलटीपी रेन्ज ३५० किलोमिटर)। यसले थ्रीसी अल्ट्रा फास्ट डीसी चार्जिङ (१६७ किलोवाट) सपोर्ट। ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिने हुँदा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।
उत्कृष्ट प्रविधि र सुरक्षा रहेको नामी भिगोमा अन्य धेरै विशेषता तथा सुविधाहरु रहेका छन्। यसको भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधा रहेको छ। सुरक्षाका लागि जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ।
नामी भिगो ई-टूको मूल्य ३८ लाख ९९ हजार निर्धारण गरिएको छ भने ई-टू प्लस भेरियन्ट ४१ लाख ९९ हजार रूपैयाँमा उपलब्ध छ। विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो ई-टू ३७ लाख ९९ हजारमा र ई-टू प्लस ४० लाख ९९ हजारमा प्राप्त गर्न सकिन्छ।
'बोल्ड एण्ड बिल्ट फर यू एसयूभी' नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिने कम्पनीको भनाइ छ।
इटहरी क्षेत्रका लागि श्रीजना मोटर्स अधिकृत नामी डिलर हुनेछ।


