काठमाडौं- उतारचढावबीच केही सस्तिएको सुनको मूल्य पुन: वृद्धितर्फ लागेको छ। यो साता आइतबार तोलामा दुईसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला २ हजार ९ सय रूपैयाँले बढेको छ।
आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला २ लाख ४१ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा आइतबार घटेको चाँदीको मूल्य पनि सोमबार प्रतितोला ५० रूपैयाँले बढेको छ।
महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला ३ हजार १५ रूपैयाँमा कारोबार भएको थियो।


