शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई पर्वतमा रहेको द क्लिफमा १० प्रतिशत छुट

आइतबार, कात्तिक २३ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई पर्वतमा रहेको द क्लिफमा १० प्रतिशत छुट

द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा उक्त छुट उपयोग गर्न सकिने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त कम्पनीबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो।

यस सम्झौतासँगै बैंकका ग्राहकहरुले पर्वतको कुश्मास्थित द क्लिफमा उपलब्ध विभिन्न सेवाहरु लिइ डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा उक्त छुट उपयोग गर्न सकिने छ। सुविधा उपभोगका लागि बैंकको डेबिट, क्रेडिट कार्ड वा प्रिपेड कार्ड अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

द क्लिफसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend