शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

आइतबार, कात्तिक २३ २०८२
सुनको मूल्यमा सामान्य वृद्धि

आइतबार सुन प्रतितोला दुईसय रूपैयाँले महँगो हुँदा चाँदी भने प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको घटेको छ।

आइतबार सुनको मूल्य तोलामा दुईसय रूपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी भने आज प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

गत शुक्रबार प्रतितोला ३ हजार २० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता आइतबारका लागि प्रतितोला ३ हजार १५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend