काठमाडौं- नेपाल प्रिमियर लिग दोस्रो संस्करणको तयारीका बीच एनसेलले नेपाल क्रिकेट संघसँगको आफ्नो पावरड बाई साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ।
कम्पनीले यसपटक पनि क्रिकेटको महाउत्सवलाई अझ भव्य बनाउन 'युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल' भन्ने मूल भावसहित सहकार्य गरेको छ। प्रतियोगिता मंसिर १ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट सुरु हुने तयारीमा छ।
प्रदेशगत फ्रेन्चाइज टिमहरूमा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीको संयोजन हुने प्रतियोगिताले नेपाली क्रिकेटको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ।
एनसेलका प्रमुख अधिकारी उपङ्ग दत्तले भने-'टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । क्रिकेट केवल खेल नभई सबैलाई एकतावद्ध राख्ने माध्यम पनि हो। यस महाउत्सवमा सहभागी भएर फ्यानलाई घर, कार्यालय वा विदेशमा समेत प्रत्यक्ष जोड्न पाउँदा हामी खुसी छौं।' कम्पनीले आफ्नो मोबाइल एपमार्फत खेल प्रत्यक्ष हेर्न सकिने सुविधा पनि उपलब्ध गराउने जनाएको छ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने- क्रिकेटले सबैलाई जोड्ने भएकोले एनसेलसँगको सहकार्यले नेपाली क्रिकेट र लिगलाई अझ मजबुत बनाउनेछ । खेलकुदको विकास र प्रवर्धनमा एनसेलको योगदान महत्वपूर्ण छ,'।
एनसेलले स्थापना कालदेखि नै क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा पारा-खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग गर्दै आएको छ। यसपटक पनि कम्पनीले खेलकुदलाई समाज जोड्ने माध्यमका रूपमा अघि बढाउने लक्ष्य राखेको छ।


