काठमाडौं- हिरो मोटरसाइकल तथा स्कुटरका ग्राहकहरूका लागि नेपालमा पहिलो पटक सर्भिस र एक्सचेन्ज महामेला एकै स्थानमा आयोजना हुने भएको छ। ‘हिरो सर्भिस तथा एक्सचेन्ज महामेला-२०८२’ आगामी कार्तिक २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने आयोजकले जनाएको छ।
मेलामा सहभागी हुने ग्राहकहरूले विभिन्न आकर्षक छुट र अफरहरू प्राप्त गर्नेछन्। सर्भिस सम्बन्धी सेवामा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पार्ट्स तथा ल्युबमा १५ प्रतिशत छुट, एएमसी सर्भिसमा ३० प्रतिशत छुट पाउनेछन्। साथै, निःशुल्क इन्जेक्टर क्लिनिङ, वासिङ र हिरोको मर्चेन्टाइज वस्तुहरू समेत उपलब्ध गराइनेछ।
एक्सचेन्ज योजनामा, ‘हिरो टु हिरो’ सवारी साट्दा न्यूनतम ३० हजार रुपैयाँसम्मको भ्यालुका साथै थप १५ हजारदेखि १ लाख रुपैयाँसम्म बोनस पाउने व्यवस्था गरिएको छ। त्यस्तै, अन्य ब्रान्डका मोटरसाइकल वा स्कुटर साटेर ‘हिरो’ खरिद गर्दा पनि न्यूनतम २५ हजार रुपैयाँसम्मको भ्यालुका साथै १५ हजारदेखि १ लाख रुपैयाँसम्मको बोनस प्राप्त गर्न सकिनेछ।
नयाँ हिरो मोटरसाइकल वा स्कुटर खरिद गर्दा न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुटका साथै हेल्मेट, बाइक कभर र ग्लोभ्स निःशुल्क पाइनेछ। नागरिकताको आधारमा सरल फाइनान्स सुविधा पनि उपलब्ध गराइने भएकाले ग्राहकहरूले सहज रूपमा मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन्।
मेला अवधिभर दैनिक रूपमा लक्की ड्र सञ्चालन हुनेछ, जसमा प्रत्येक दिन एक जना ग्राहकलाई फुलफेस हेल्मेट प्रदान गरिनेछ। साथै, मेला अवधिभरमा सहभागी ग्राहकहरूमध्ये एक जनाले ‘नथिङ’ ब्रान्डको स्मार्टफोन जित्ने अवसर पाउनेछन्।


