शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २१ २०८२
सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ

बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार १० रूपैयाँ रहेकोमा शुक्रबार ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- दुई दिनको गिरावटपछि बिहीबार ६ सय रुपैयाँले बढेको सुन शुक्रबार पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेको छ। 

बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रूपैयाँमा कारोबार भएकोमा शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता आइतबार ७ सयले बढेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १४ सयले सस्तिएको थियो। बुधबार तोलामा ११ सय रूपैयाँले घट्दै सुन प्रतितोला २ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार १० रूपैयाँ रहेकोमा शुक्रबार ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend