शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो

बिहीबार , कात्तिक २० २०८२
सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रूपैयाँ कायम भएको छ।

काठमाडौं- दुई दिनको गिरावटपछि सुनको मूल्य पुन: वृद्धि भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३७ हजार ८ सय रूपैयाँ कायम भएको छ।

यो साता आइतबार ७ सयले बढेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १४ सयले सस्तिएको थियो। बुधबार तोलामा ११ सय रूपैयाँले घट्दै सुन प्रतितोला २ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार चाँदी पनि प्रतितोला २० रूपैयाँले महँगिएको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता बुधबार चाँदी प्रतितोला २ हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend