शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सिप्रदीको 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' कात्तिक २७ सम्म

बुधबार, कात्तिक १९ २०८२
सिप्रदीको 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' कात्तिक २७ सम्म

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कात्तिक २८ गरिने छ।

काठमाडौं- सिप्रदी अटोपार्ट्स प्रालिद्वारा सञ्चालित 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' योजनाको अवधि थप गरिएको छ। यसअघि कात्तिक २१ गते लक्की ड्र रिभिल गर्ने भनिए पनि ग्राहकहरूलाई अझ बढी सहभागी हुन अवसर उपलब्ध गराउने उद्देश्यले रिभिल मिति सारिएको कम्पनीले जनाएको छ।

योजना अवधि लम्बिएसँगै अब ग्राहकहरूले कात्तिक २७ गतेसम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै एक हजार रूपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन्।

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कात्तिक २८ गरिने छ।

लक्की ड्रबाट विजेताहरूको नाम घोषणा सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गरिनेछ। प्रत्येक सहभागी ग्राहकहरूले लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।

बम्पर उपहारमा १५० सीसीको बजाज पल्सर मोटरसाइकल रहेको छ भने दोस्रो प्रमुख उपहारमा टीभीएस एनटर्क१२५ स्कुटर र स्मार्ट टिभी तथा स्मार्टफोनलगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन्।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यस अफरले नेपालभरका टाटा सवारीसाधन प्रयोगकर्ताहरूबाट उच्च उत्साह र सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरूलाई कात्तिक २७ भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ।


प्रकाशित : बुधबार, कात्तिक १९ २०८२१६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend