काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घटेको छ।
मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला २ लाख ३७ हजार २ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता आइतबार ७ सयले बढेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १४ सयले घटेको थियो।
चाँदी पनि बुधबार थप सस्तिएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ९० रूपैयाँ कायम छ।
यो साता मंगलबार चाँदी प्रतितोला ३ हजार १५ रूपैयाँमा कारोबार भएको थियो।


