शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

मंगलबार, कात्तिक १८ २०८२
आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिकरुपमा बिक्रीवितरण गर्दै आइरहेको छ।

काठमाडौं- एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट १३ प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ।

विश्वकै प्रतिष्ठित उपभोक्ता इलेक्ट्रोनिक्स प्रदर्शनीमध्ये एक मानिने आईएफए २०२५ मा एलजी होम अप्लायन्स सोलुसन्सले कुल १३ वटा पुरस्कार प्राप्त गर्दै घरायसी प्रविधिलाई अझ सहज, स्मार्ट र दिगो बनाउने आफ्नो प्रतिबद्धता पुनः बलियो बनाएको कम्पनीको भनाइ छ।

मोबिलिटी, पहुँचयोग्यता, स्मार्ट होम तथा डिजाइन उत्कृष्टतालगायत नवप्रवर्तनको सम्मान मिलेको कम्पनीले जनाएको छ।

आईएफए इनोभेसन अवार्डले डिजाइन र इन्जिनियरिङमा असाधारण उपलब्धिहरूलाई सम्मान गर्छ। यसवर्ष एलजीले होम अप्लायन्स टेक्नोलोजीलाई नयाँ दृष्टिकोणबाट परिभाषित गर्ने आफ्नो दूरदर्शी दृष्टिकोणका कारण विश्वका अग्रणी ब्रान्डहरूबीच विशेष स्थान प्राप्त गर्न सफल भएको कम्पनीको दाबी छ।

स्वतन्त्र विज्ञहरूको जुरीले एलजीको एआईमा आधारित प्रविधि, मानव-केन्द्रित डिजाइन र दिगोपनमा जोड दिने प्रयासलाई अत्यधिक सराहना गरेको कम्पनीको भनाइ छ।

एलजी नेपालले पछिल्ला चार दशकदेखि घरायसी उपकरणदेखि अत्याधुनिक इलेक्ट्रोनिक्ससम्मका क्षेत्रहरूमा नवप्रवर्तनशील प्रविधि र भरपर्दो समाधानहरू उपलब्ध गराउँदै आएको छ। एलजी दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउन निरन्तर अग्रसर छ।

चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिकरुपमा बिक्रीवितरण गर्दै आइरहेको छ। नेपालभरका विभिन्न सहरहरूमा एलजीका शोरूम र अधिकृत डिलरहरू उपलब्ध छन्।


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend