शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रतितोला एक हजार चारसय रूपैयाँले सस्तियो सुन

मंगलबार, कात्तिक १८ २०८२
प्रतितोला एक हजार चारसय रूपैयाँले सस्तियो सुन

मंगलबार सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ४५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा समेत ओरालोतर्फ लागिरहेको सुन मंगलबार थप सस्तिएको छ। यो साता आइतबार सातसयले बढेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार चारसय रूपैयाँले घटेको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रूपैयाँ तोकिएको छ।

यो साता आइतबार र सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ४५ रूपैयाँले घटेको छ। 

सोमबार प्रतितोला ३ हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ३ हजार १५ रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend