शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको

सोमबार, कात्तिक १७ २०८२
एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो।

काठमाडौं- ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । 

नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को 'म्यान अफ द टुर्नामेन्ट' लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ। यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो। देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ।

एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाका अनुसार ओमोडा एन्ड जेइको ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ। यो साझेदारीमार्फत खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न सहयोग पुगेको शारडाको भनाइ छ। 

एनपीएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले उत्साहजनक ब्रान्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउनेछ। सहकार्यको मुख्य आकर्षणका रूपमा ओमोडा एन्ड जेइकोले मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी 'म्यान अफ द टुर्नामेन्ट' लाई ब्रान्डको प्रिमियम गाडी प्रदान गरिनेछ।

यो साझेदारीले नेपालको अटोमोटिभ क्षेत्रमा ओमोडा र जेइकोको बढ्दो उपस्थितिसँगै खेलकुद, युवा र समुदायप्रतिको प्रतिबद्धतालाई पनि अझ सुदृढ बनाएको छ।


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend