शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई जावलाखेलस्थित केल्मी शोरूममा विशेष छुट

सोमबार, कात्तिक १७ २०८२
सिटिजन्स बैंकका ग्राहकलाई जावलाखेलस्थित केल्मी शोरूममा विशेष छुट

सो समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

काठमाडौं- सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको जावलाखेलस्थित केल्मी शोरूममा विशेष छुट मिल्ने भएको छ। बैंक र उक्त शोरूमबीच सेवामा छुट दिनेगरी सम्झौता भएको हो।

सो समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस्ता सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाउको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १९ लाख ४४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend