काठमाडौं- सीजी ब्रान्डले ‘दसैँटीका फोटो सेयर एण्ड विन कन्टेस्ट’ का विजेतालाई उपहार हस्तान्तरण गरेको छ।
बूढानीलकण्ठ निवासी सीता खनाल सापकोटालाई कम्पनीले ४३ इन्चको सीजी मेरिडिया ४३जीटीभीयू५ एआई अल्ट्रा एचडी टीभी प्रदान गरेको हो। सीजी ब्रान्ड होम अप्लायन्सका प्रतिनिधि भरत साह र सज्ञान ढकालले उपहार हस्तान्तरण गरेका हुन्।
यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल हो र एआई फिचर तथा उच्च गुणस्तरीय फोरके दृश्य अनुभव प्रदान गर्छ। प्रतियोगिताका लागि देशैभरिबाट सहभागीहरूले पठाएका टीका तस्बिरहरूले नेपाली संस्कृतिको आत्मियता र एकताको सुन्दर झल्को प्रस्तुत गरेको कम्पनीको भनाइ छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जितेको जनाएको छ।
देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।
साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट सीजी डिजिटल डटकम डटएनपीमार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिकरूपमा दक्ष सेवा प्रदान गर्दै सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको कम्पनीको भनाइ छ।


