काठमाडौं- नेपाली बजारमा यो साता आइतबार बढेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ।
आइतबार सातसय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने सोमबार प्रतितोला ५ रूपैयाँले महँगिएको छ।
सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ६० रूपैयाँ तोकिएको छ।
यो साता आइतबार चाँदी प्रतितोला ३ हजार ५५ रूपैयाँमा कारोबार भएको थियो।


