काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले वृद्धि भएको छ।
गएको शुक्रबार प्रतितोला २ लाख ३९ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आइतबार सामान्य घटेको छ।
प्रतितोला ५ रूपैयाँले घटेर चाँदीको मूल्य आज प्रतितोला ३ हजार ५५ रूपैयाँ कायम छ।
गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ६० रूपैयाँमा कारोबार भएको थियो।


