शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

शिवम् सिमेन्टको 'नो कम्प्रमाइज' अन्तर्गतको चौथो भिडियो सार्वजनिक

बिहीबार , कात्तिक १३ २०८२
शिवम् सिमेन्टको 'नो कम्प्रमाइज' अन्तर्गतको चौथो भिडियो सार्वजनिक

यो अभियान केवल विज्ञापनमात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीको भनाइ छ।

काठमाडौं- शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन 'क्वालिटीको मामलामा नो कम्प्रमाइज' अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ। 

जहाँ एकजना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अप्रेशन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै 'जिम्मेवारीको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश देखाइएको छ।

यो अभियान विज्ञापनमात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीको भनाइ छ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।

सधैँ गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो 'नो कम्प्रमाइज'को वाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend