शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

बिहीबार , कात्तिक १३ २०८२
सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदी भने प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ।

बुधबार प्रतितोला २ लाख ३६ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार तोलामा ११ हजार ६ सयले घटेको सुनको मूल्य सोमबार २ हजार रूपैयाँले घटेको थियो भने मंगलबार पनि सुन प्रतितोला २ हजार ९ सय रूपैयाँले घट्दै थप सस्तो भएको थियो। बुधबार पनि ७ सयले घटेको थियो।

चाँदी भने आज प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ८० रूपैयाँ तोकिएको छ।

यो साता बुधबार चाँदी प्रतितोला २ हजार ९ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend