काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। यो साता लगातार चौथो दिन पनि सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ।
बुधबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो साता आइतबार तोलामा ११ हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार २ हजार रूपैयाँले घटेको थियो भने मंगलबार पनि सुन प्रतितोला २ हजार ९ सय रूपैयाँले घट्दै थप सस्तो भएको थियो।
मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, पछिल्लो समय निरन्तर घटिरहेको चाँदीको मूल्य भने बुधबार प्रतितोला ४५ रूपैयाँले महँगिएको छ।
यो साता मंगलबार प्रतितोला २ हजार ९ सय २० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला २ हजार ९ सय ६५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


