काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपाल प्राइभेट लिमिटेडद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउनेगरी बैंक र उक्त कम्पनीबीच सम्झौता भएको छ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौंको कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
सुविधा उपयोगका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।


