शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्यमा लगातार गिरावट, तीन दिनमा १६ हजार ५ सयले घट्यो

मंगलबार, कात्तिक ११ २०८२
सुनको मूल्यमा लगातार गिरावट, तीन दिनमा १६ हजार ५ सयले घट्यो

मंगलबारका लागि प्रतितोला २ लाख ३७ हजार रूपैयाँ तोकिएको छ।

काठमाडौं- तिहारअघिसम्म निरन्तर उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य तिहारपछि भने लगातार ओरालो लागिरहेको छ। मंगलबार पनि सुनको मूल्य प्रतितोला २ हजार ९ सय रूपैयाँले घटेको छ।

यो साता सोमबार प्रतितोला २ लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला २ लाख ३७ हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै नेपाली बजारमा पनि लगातार तेस्रो दिन सुनको मूल्यमा गिरावट आएको हो। तीन दिनमा सुन प्रतितोला १६ हजार ५ सय रूपैयाँले सस्तिएको हो।

आइतबार एकैदिन प्रतितोला ११ हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार २ हजार रूपैयाँले घटेको थियो।

यस्तै, चाँदी पनि आज प्रतितोला ६० रूपैयाँले सस्तिएको छ। महासंघका अनुसार चाँदी आज २ हजार ९२० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक ११ २०८२१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend