शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तोलामा २ हजार रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, कात्तिक १० २०८२
तोलामा २ हजार रूपैयाँले घट्यो सुनको मूल्य

सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएसँगै नेपालमा पनि सुनको मूल्य घटिरहेको छ। आइतबार एकैदिन ११ हजार ६ सय रूपैयाँले सस्तिएको सुनको मूल्य सोमबार पनि प्रतितोला २ हजार रूपैयाँले घटेको छ।

सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रूपैयाँ तोकिएको छ।

यो साता आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी पनि आज प्रतितोला ३५ रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार प्रतितोला ३ हजार १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला २ हजार ९ सय ८० रूपैयाँ तोकिएको छ।


प्रकाशित : सोमबार, कात्तिक १० २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend