शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एलजी र सीजीको तिहार अफर : यी ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशतसम्म छुट

आइतबार, कात्तिक २ २०८२
एलजी र सीजीको तिहार अफर : यी ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशतसम्म छुट

कम्पनीका अनुसार यो अफर कार्तिक ११ गतेसम्म मात्र लागु हुनेछ।

काठमाडौं- तिहार पर्वलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी सपले ग्राहकका लागि 'लुटो लुटो अफर' ल्याएको छ। 'एभ्री स्क्रयाच विन्स इन्सट्यान्ट डिस्काउन्ट' अवधारणासहितको यस अफरअन्तर्गत ग्राहकले विशेष छुट पाउन सक्नेछन्।

एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, बेको, ब्ल्याक प्लस डेकर, गोदरेज, सेन्सेइ, बर्ली, माइडिया, केन्ट, इलिका, क्रम्पटन, नथिङ (आर) र मोटोरोलाजस्ता अग्रणी ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहक सुविधाका लागि कम्पनीले पुराना उपकरण साट्ने र शून्य ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराएको छ। साथै सीजी एक्स-एलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत हुँदा खरिद प्रक्रिया झन् सहज र तीव्र बनाउने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यो अफर कार्तिक ११ गतेसम्म मात्र लागु हुनेछ। यस अवधिभर ग्राहकहरूले फ्रिज, स्मार्ट टिभी, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, चिम्नी, ज्यूसर, कुलरलगायतका अत्याधुनिक उपकरणहरू एकै स्थानमा सहजरूपमा खरिद गर्न सक्नेछन्।

यो योजना सम्पूर्ण सीजी डिजिटल र एलजी सपमा लागु गरिएको छ। देशभर सीजी डिजिटलका २० वाट शोरुम र एलजी सपका ७ वटा शोरुम अवस्थित छन्। यो अभियानमार्फत कम्पनीले नेपाली परिवारमा आधुनिक जीवनशैली र प्रविधिको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend