काठमाडौं- लगातार बढिरहेको सुनको मूल्यमा यो साता भने भारी गिरावट आएको छ। आइतबार तोलामा ४ हजार ८ सय रूपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रूपैयाँ कायम भएको छ।
गएको शुक्रबार सुन अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रूपैयाँमा कारोबार भएको थियो।
उतारढावबीच पछिल्लो समय लगातारजसो बढिरहेको चाँदीको मूल्य पनि आइतबार प्रतितोला ७५ रूपैयाँले घटेको छ।
गत शुक्रबार प्रतितोला ३ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता आइतबारका लागि प्रतितोला ३ हजार २ सय ७५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


