शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेसनलाई सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३१ २०८२
निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेसनलाई सहयोग

काठमाडौं- स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउने र समुदाय पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले निसान सर्भिसले सातदोबाटो ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ।

विरोधका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप यो हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो।

सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको  दृढता र आपसी साझेदारीलाई बढावा दिने विश्वास व्यक्त गरे।

यस पहलमार्फत निसान सर्भिसले सामाजिक उत्तरदायित्व, सामुदायिक साझेदारी र नेपालको विकास तथा जनकल्याणमा सकारात्मक योगदान दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।

पायोनियर मोटो कर्प प्रालि नेपालका लागि निसानको आधिकारिक वितरक हो। कम्पनीले निसानका सम्पूर्ण मोडेलहरूका लागि बिक्री, सर्भिस र स्पेयर पार्ट्स सुविधाहरू प्रदान गर्दै आएको छ।

निसान मोटर कम्पनी लिमिटेड, संक्षेपमा निसान, जापानको एक बहुराष्ट्रिय अटोमोबाइल निर्माता हो जसको मुख्यालय निशी-कु, योकोहामामा अवस्थित छ।


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend