शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३१ २०८२
आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट लेखबहादुर पुनले उत्त सम्झौतापत्रमा हस्ताक्षर गरे।

यो सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ सेवा प्रयोग गर्नेछन् भन्ने विश्वास रहेको प्रभु बैंकले जनाएको छ। 

त्यसैगरी ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको २०२५ अवार्डको  रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। 


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend