शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल ल्युब आयल लिमिटेडको ३४औँ वार्षिक साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

शुक्रबार, असोज ३१ २०८२
नेपाल ल्युब आयल लिमिटेडको ३४औँ वार्षिक साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको बताए।

काठमाडौं- नेपाल ल्युब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कठिन आर्थिक परिस्थितिसहितका चुनौतीपूर्ण अवस्थामाझ पनि कम्पनीले सेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस सेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

विगत १०/१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समयबाहेक कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको छ।

सभामा अध्यक्ष अरुणकुमार चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापन समूहका सदस्यहरू तथा सेयरधनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ८४.८६ प्रतिशत उपस्थिति रहेको थियो। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको बताए। ‘गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले सेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ,’ उनले भने, ‘यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा सेयरधनीहरूको विश्वास र सहकार्यलाई जान्छ। भविष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्नेछ।’

गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट सेयरधनीहरू उत्साहित देखिएका छन्। नेपाल ल्युब आयल लिमिटेडले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्रान्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको छ। 

गल्फ ब्रान्ड विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो, जसका उत्पादनहरू नेपालमा अत्यन्तै रुचाइएका छन्। विभिन्न अटोमोबाइल र मेसिनरीका आवश्यकतालाई समेट्ने उत्पादन विविधताका कारण गल्फ ब्रान्ड नेपाली बजारमा प्रतिष्ठित र विश्वसनीय नामको रूपमा स्थापित भएको छ।


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend