काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई रुपन्देहीको सिद्धार्थनगरस्थित एसियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट मिल्ने भएको छ। होटल र बैंकबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
सुविधा उपभोगका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
यस किसिमका सहकार्यले ग्राहकहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।


