शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कर्णाली याक्स र नेबिकोबीच साझेदारी

बिहीबार , असोज ३० २०८२
कर्णाली याक्स र नेबिकोबीच साझेदारी

सम्झौता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको लागि भएको हो।

काठमाडौं- कर्णाली याक्स स्पोर्ट्स प्रालिर नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ। बिहीबार याक एण्ड यती होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरे।

कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउँदै एनपीएल हुन लागेकाेमा खुसी व्यक्त गरे। यस्तै, घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए।

नेबिकोका सीईओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए। उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउँदै यो सहकार्यले व्यवसायिक यात्रा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

सम्झौता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको लागि भएको हो। नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यान्न उत्पादन गरिरहेको छ। नेबिको गुल्कोज, कोकोनट बिस्कुटलगातयका उत्पादन चर्चित छन्।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्। 

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ।


प्रकाशित : बिहीबार , असोज ३० २०८२१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend