काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट मिल्ने भएको छ।
बैंक र उक्त होटलबीच भएको समझदारीअनुसार बैंकक ग्राहकहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्। आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा मिल्नेछ।
सुविधा उपयोगका लागि बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
यस्तो सहकार्यले ग्राहकहरुलाई छुट सुविधा हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।


